आइतबार, असोज २५, २०८३

५ र १० को नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५ र १० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।

नोट छपाईका लागि राष्ट्र बैंकले गरेको बोलपत्र आह्वान अनुसार सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ कम्पनी प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन चाइना छनोट भएको बैंकले जनाएको छ।

उक्त कम्पनीले १० रुपैयाँ दरको ३४ करोड थान र ५ रुपैयाँ दरको ३० करोड थान नोट छाप्नेछ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार १० रुपैयाँ दरको नोट ४१ लाख ४० हजार ४ सय डलरमा र ५ रुपैयाँ दरको नोट ४३ लाख ९७ हजार ५ सय डलरमा छाप्ने सझौता भएको छ ।

प्रकाशित: Apr 15, 2020| 17:28 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्