बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्राहक र कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एनआईसी एशिया बैंक

ग्राहक र कर्मचारीको स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै एनआईसी एशिया बैंक

 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्नको लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको जनाएको छ ।
ग्राहक तथा कर्मचारीवर्गको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमहरूबाट ग्राहकको विभिन्न बैंकिङ्ग आवश्यकताहरू पूरा गरिरहेको छ ।
बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको छ ।
शाखा कार्यालयमा खटिएका सुरक्षा गार्डद्वारा अत्यावश्यक सेवा लिन आउने ग्राहकलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको जनाएको छ ।
एटिएम प्रयोग गर्दा स्यानिटाइजर प्रयोग गर्न अनिवार्य व्यवस्था गरिएको, प्रत्येक ४८ घण्टामा एटिएममा कोभिड १९ प्रतिरोधक हुने गरी औषधी छर्किने व्यवस्था गरिएको, एटिएमहरूमा कोरोना भाइरसको संक्रमणबाट सावधानी तथा सुरक्षित रहनको लागि जनचेतनामूलक सूचना राखिएको तथा एटिएमहरूमा भीडभाड गर्न नदिई ग्राहक महानुभावहरूको दुरी कायम गराएर मात्र रकम झिक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

प्रकाशित: Apr 15, 2020| 16:11 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्