बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना रोकथाम कोषमा नेशनल लाईफ इन्स्योरेन्सको ५१ लाख

कोरोना रोकथाम कोषमा नेशनल लाईफ इन्स्योरेन्सको ५१ लाख

 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

नेशनल लाईफ इन्स्योरेन्स कं. लि. ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ५१ लाख प्रदान गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम वरावरको चेक प्रदान गरे ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समिति सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो । कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

प्रकाशित: Apr 15, 2020| 16:09 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्