बिहीबार, भदौ ४, २०८३

डीडीसीले नकिन्दा सडकमा दूध पोख्दै किसान

बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन्।
 |  बुधबार, वैशाख ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०७७

राँझा- बन्दाबन्दीका कारण दूध बिक्रीवितरण नभएपछि बाँकेका किसानले दूध पोख्न बाध्य भएका छन्।

कोहलपुर नगरपालिका– ८ पिपरीस्थित प्रकृति गाईपालन केन्द्रका किसान विष्णु पोखरेलले मंगलबार बिक्री नभएपछि ४० लिटर दूध सडकमै पोखेका छन्र। दुग्ध विकास संस्थानको कोहलपुरस्थित दुग्ध वितरण आयोजनाले खरिद नगरेका कारण दूध पोख्न बाध्य भएको पोखरेलले बताए।

कोभिड–१९ संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीले दूधको बिक्रीवितरण प्रभावित भएपछि पोखरेल जस्तै यहाँका दूध उत्पादक किसानदेखि दुग्ध व्यवसायी दैनिकजसो दूध पोख्न बाध्य छन्। दुग्ध व्यवसायीसँगै पशुपालनमा आधारित रहेर घरपरिवार चलाउँदै आएका किसानको लगानीसमेत घाटामा गइरहेको छ।

बन्दाबन्दीका कारण डेरीले दूध खरिद नगरिदिँदा पशुपालन व्यवसाय पनि धराशायी हुँदै गएको डुडुवा गाउँपालिका –२ बेतहनीका किसान रामसोहन यादव बताउँछन्। गाउँबाट नेपालगञ्ज ल्याइएको दूधसमेत बिक्री नभका कारण पोखेर घर फर्कनुपरेको उनको गुनासो छ।

ठूलो परिमाणमा दूध संकलन गरी बिक्रीवितरण गर्दै आएको दुग्ध विकास संस्थान (डिडिसी) को कोहलपुरस्थित नेपालगञ्ज दुग्ध वितरण आयोजनाले बन्दाबन्दीपछि दूध संकलन ५० प्रतिशत कटौती गरेको छ।

आयोजनाले दैनिक १३ हजार लिटर दूध खरिद गर्ने गरेकामा बन्दाबन्दीपछि त्यसलाई घटाएर दैनिक ६ हजार लिटर संकलन गर्ने गरिएको आयोजनाका प्रमुख योगेन्द्र साहले बताए। उनका अनुसार दैनिक संकलन हुने १३ हजार लिटर दूधमध्ये एक हजार टिर बाँकेमा खपत गरी बाँकी १२ हजार लिटर पाउडर प्रशोधनका लागि चितवन र पोखरा पठाइन्छ।

कोरोनाका कारण अहिले ५० प्रतिशत मात्रै दूध लिने गरेकाले दूध संकलननमा पनि कटौती गर्नुपरेको हो।
पोखरा जाने दूधमा ५० प्रतिशत कमी भएसँगै बाँकेमा किसानबाट दूध संकलनमा पनि कमी गरिएको आयोजना प्रमुख साहले बताए। -रासस

प्रकाशित: Apr 15, 2020| 11:20 बुधबार, वैशाख ३, २०७७
प्रतिक्रिया दिनुहोस्