बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना कोषमा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको एक करोड

कोरोना कोषमा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको एक करोड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ दिएको छ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ दिएको छ।

मंगलबार अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम हस्तान्तरण गरेको जानकारी दिए।

त्यस्तै आइक्यानको बैठकले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको वैदेशिक भ्रमणसहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौती गर्नेसमेत निर्णय गरेको अध्यक्ष आचार्यले जनाएका छन्।

यसैगरी आइक्यानको बैठकले कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने पनि निर्णय गरेको छ।

लेखा व्यवसाय र लेखा परीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ।

यस्तै अनलाइन लर्निङ प्लेटफर्म तयार गरी भर्चुअल तालिमका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताए।

संस्थाले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल ट्रेनिङ र सोका आधारमा सदस्यले अनिवार्य रुपमा लिनुपर्ने अनवरत व्यावसायिक शिक्षा वापतको सिपिई आवर प्रदान गर्नेसमेत बैठकले निर्णय गरेको छ।

आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्नसक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ।

‘यसले विद्यार्थीहरुलाई केही राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष आचार्यले बताए।

प्रकाशित: Apr 14, 2020| 16:30 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्