बिहीबार, भदौ ४, २०८३

एनसेलले ल्यायो नयाँ वर्ष अफर

 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । साथै विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहकका लागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभदरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ ।

न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वको १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रतिमिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, संयुक्तअधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

ग्राहकले १७१०७ डायल गरी यो योजनाअन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी वाअंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ ।

नयाँ वर्षकै अर्को योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ ।

प्रकाशित: Apr 14, 2020| 11:16 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्