बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाका ग्राहकले अनलाइन सामान किन्दा १० प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकले अनलाइन सामान किन्दा १० प्रतिशत छुट

 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ । दराज अनलाईनमा रहेको बिग मार्टका साथै सेल्सबेरी, मेरोकिराना तथा सेन्टल बजारमार्फत उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।

जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट, क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्नेछन्। लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

प्रकाशित: Apr 14, 2020| 11:15 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्