शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्मचारी पदपूर्ति गर्नुपर्ने लुम्बिनी लोकसेवा आयोग आफैं अभावमा

कर्मचारी पदपूर्ति गर्नुपर्ने लुम्बिनी लोकसेवा आयोग आफैं अभावमा

प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न स्थापना भएको लुम्बिनी प्रदेश लोकसेवा आयोग कामविहीन भएको छ।
 |  शुक्रबार, भदौ २५, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

बुटवल– प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न स्थापना भएको लुम्बिनी प्रदेश लोकसेवा आयोग कामविहीन भएको छ। आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्ने त परको कुरा, आफ्नै कार्यालयमा समेत कर्मचारी अभाव झेल्नुपरेको छ। 

sagarmatha cement

लुम्बिनी प्रदेश सरकारले २०७६ साउन २८ गते प्रदेश लोकसेवा आयोगको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्राध्यापक डा. डिलाराम भट्टराईलाई अध्यक्षमा नियुक्त गरेसँगै बुटवलमा आयोगको कार्यालय स्थापना गरिएको हो। तर, आयोग स्थापनाको २ वर्ष पूरा हुँदा पनि आधारभूत संरचनाका कामभन्दा बढी काम हुन सकेको छैन। प्रदेश र स्थानीय तहका विभिन्न सेवाको पदपूर्ति गर्ने अधिकारसहित स्थापना भएको आयोग आफैँ कर्मचारी अभावको पीडामा छ। 

प्रदेश सरकारले ३० जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरे पनि १६ जना मात्रै कर्मचारीले काम गरिरहेका छन्। ‘कार्यालयमा कर्मचारीको अभावले गर्दा कतिपय कामहरु हुन पाएका छैनन्,’ आयोगका प्रवक्ता चेतनाथ गिरीले भने। उनका अनुसार प्रदेश लोकसेवा आयोगमा कर्मचारीको अभाव आफैँमा चुनौतीपूर्ण बनेको छ। प्रदेश सरकारले ३० जनाको दरबन्दी तय गरेको भए पनि कर्मचारी पूर्ण रुपमा आइसकेका छैनन्। 

विज्ञापन खुल्यो, परीक्षा भएन 

प्रदेश लोकसेवा आयोगले २ वर्षको अवधिमा कार्यविधि, मापदण्ड, निर्देशिका बनाएर कार्यसम्पादन गरेको गिरीले बताए। आयोगले विभिन्न सेवा, समूह र तहका ४३ वटा पदहरुको पाठ्यक्रम तयार गरेको छ। आयोगले प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, विभाग तथा कार्यालयहरु, १२ वटै जिल्लाका जिल्ला समन्वय समिति र १०९ वटा स्थानीय तहका विभिन्न पदहरुको पदपूर्ति गर्ने कार्यक्षेत्र हो। तर, आयोगले अहिलेसम्म पदपूर्ति भने गर्न सकेको छैन। 

worldlink

आयोगले खुलाएको पहिलो विज्ञापनमै ठेस लागेको छ। प्रदेश सरकारको माग बमोजिम ९६ प्राविधिक पदका लागि २०७७ असोज २८ गते आयोगले पहिलो पटक स्वास्थ्य तथा इञ्जिनियरिङ सेवाको अधिकृतस्तरका पदका लागि विज्ञापन खुलाएको थियो। प्रदेश लोकसेवा ऐन, २०७६ को दफा १५ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले इञ्जिनियरिङ र स्वास्थ्य सेवा अधिकृत स्तरका आठौं र सातौं तहका १ सय ५५ पदको माग भएको थियो। तर, आयोगले भने आन्तरिक प्रतियोगिता तथा बढुवा हुने पदहरुको संख्या सुरक्षित गरी ९६ पदका लागि मात्रै आवेदन खुलाएको हो। 

विज्ञापन अनुसार १० हजार ३३ जनाको आवेदन परेको छ। तर, सर्वोच्च अदालतमा विज्ञापन विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै यथास्थितिमा राख्न आदेश भएपछि पदपूर्ति रोकिएको आयोगका प्रवक्ता गिरीले बताए। ‘आयोगले कामको गति अघि बढाउन खोजेको थियो, तर सर्वोच्चमा मुद्दा परेकाले परीक्षा हुन पाएको छैन,’ प्रवक्ता गिरीले भने।

उनका अनुसार सर्वोच्चले विषय टुंग्याउनासाथ परीक्षा शुरु हुनेछ। आवेदन बुझाएका १० हजार ३३ जना परीक्षार्थी अन्यौलमा छन्। आयोगले श्रेणीविहिन वन रक्षकको १०६ जनाका लागि आवेदन खुलाएको छ। जसमा ५६ हजारको फारम संकलन भएको जनाइएको छ। यस्तै आयोगले अप्राविधिक तर्फ प्रशासन र सामान्य प्रशासन पाँचौ तहका लागि ७ र चौथौ तहका लागि ११ जना गरी १८ जनाको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी गरेको छ। 

त्यसो त प्रदेश लोकसेवा आयोगको कामले गति लिन नसक्नुमा कानुन पनि बाधक बनेको छ। प्रदेश निजामती सेवा ऐन, प्रदेश प्रहरी सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन र यससम्बन्धी नियमावली नबन्दा कर्मचारी पदसंख्या निर्धारण र पदपूर्तिमा समस्या देखिएको हो। संघमा निजामती ऐन नबन्दा प्रदेशमा कानुन निर्माण रोकिएको गिरीले बताए। निजामती सेवा ऐन नबन्दा प्रदेश आएका कर्मचारीमा समेत स्थिरता देखिएको छैन।

निजामती ऐन नबनेकै कारण धेरैजसो कर्मचारीहरुले संघीय कार्यालयहरु रोज्ने गरेका छन्। कानुनको अभाव र सर्वोच्चको फैसलाले गर्दा पनि कर्मचारीमा अस्थिरता देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका प्रवक्ता डा. खगेन्द्र प्रसाद सुवेदीले बताए। लुम्बिनी प्रदेशमा ३ हजार ९ सय ३९ जना कर्मचारीको दरबन्दी छ। तर, करिब ७० प्रतिशत मात्रै कर्मचारी पदपूर्ति भएको छ। 


प्रकाशित: Sep 10, 2021| 10:26 शुक्रबार, भदौ २५, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।