बिहीबार, भदौ ४, २०८३

आजदेखि भरी सिलिन्डर ग्यास बिक्री

आइतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री सुरु भएको छ।
 |  आइतबार, चैत ३०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३०, २०७६

काठमाडौं- लकडाउनमा खाना पकाउने एलपीजी ग्यास आधा सिलिन्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आइतबारदेखि भरी ग्यास सिलिन्डर बिक्री सुरु भएको छ।

नेपाल आयल निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरी ग्यास सिलिन्डर बजारमा पठाइसकेका छन्।

काठमाडौं उपत्यकामा ३५ देखि ४० हजार ग्यास सिलिन्डर पठाइएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। उनका अनुसार विभिन्न नाकाबाट पर्याप्त मात्रामा ग्यासका बुलेट भित्रिरहेका कारण ग्यासको अभाव छैन।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार सबै ग्यास उद्योगसँग पर्याप्त मात्रामा ग्यास मौज्दात रहेको र ग्यासमा कुनै समस्या छैन।

“सबै ग्यास उद्योगसँग १० हजार टन क्षमतामा ग्यास मौज्दात छ। उक्त ग्यासबाट सात लाख वटा ग्यास सिलिन्डर भर्न पुग्छ”, उनले भने, “आयात निरन्तर भएको छ, उपभोक्ताहरुले खाली सिलिन्डर घरमा राख्दा उद्योगलाई ग्यास भर्न समस्या भएको छ।”

देशभरका ५९ ग्यास उद्योगमा करिब १० हजार मेक्ट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिँदै आएको उनले जानकारी दिए।

नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आफूसँग रहेको खाली सिलिन्डर डिलरमा बुझाउनसमेत आग्रह गरेको छ। संघका अनुसार उपभोक्ताले बजारमा आधा ग्यास सिलिन्डर आएको जनाउँदै खाली सिलिन्डर घरमा राखेका कारण अभाव भएको छ। चैत १६ गतेदेखि मुलुकभर आधा सिलिन्डर ग्यास बिक्री भएको थियो। -रासस

प्रकाशित: Apr 12, 2020| 17:52 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्