शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य जाँच नै नगरी भारत फर्किन लागेका थिए कोरोना संक्रमित

स्वास्थ्य जाँच नै नगरी भारत फर्किन लागेका थिए कोरोना संक्रमित

भारतको उत्तराखण्डका दुईजना र दिल्लीका एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ स्थित नारायणी अस्पताल र छपकैया क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ।
 |  आइतबार, चैत ३०, २०७६
nespernesper

जियालाल साह

जियालाल साह

आइतबार, चैत ३०, २०७६

vianetvianet

भारतको उत्तराखण्डका दुईजना र दिल्लीका एकजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ स्थित नारायणी अस्पताल र छपकैया क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखिएको छ।

triton college

कोरोना संक्रमित पुष्टि भएका भारतीय नागरिक केही समयदेखि वीरगञ्जको छपकैयामा बस्दै आएका थिए। उनीहरुसहित १७ जना चार महिनाअघि सप्तरीमा आयोजित इस्ताबा (जलासा) मा सहभागी हुन मोरङको जोगबनी नाकाबाट नेपाल आएका थिए।

उनीहरु सबैको मार्च ४ तारिखमा भारत फर्किने टिकट थियो। तर १४ जना भने टिकट क्यान्सिल गरेर वीरगञ्ज आए र एक मदरसामा बसे।

वीरगञ्ज–२ छपकैयामा पर्ने इश्लामिया यतिमखाना (अनाथालय)का प्रधानाध्यापक अलि असगरका अनुसार उनीहरु पर्सा जिल्लाको विश्रामपुरमा पनि गएका थिए ।

कोरोना संक्रमण पुष्टि भएका तीनजना वीरगञ्जमा बसेको आज (आइतबार) १२ दिन भएको छ। उनीहरु अनाथालयमै रहेको गोल घरमा कसैसँग नभेटी सामाजिक दूरी कायम राखेर बसेको प्रधानाध्यापक असगरले बताए ।

National life insurance

नेपाल प्रहरीको छपकैयास्थित अस्थायी पोष्टका प्रमुखले समेत उनीहरुको स्वास्थ्य अवस्था तथा बसोबासबारे जानकारी लिएका थिए ।

अप्रिल १५ (वैशाख ३ गते) भारतको लकडाउन सकिने र रेल सेवा सुरु हुने भनिएकाले उनीहरु फर्किने टिकटको प्रबन्ध पनि नेपाल खानेपानी संस्थानमा काम गर्ने सकिल अहमद शेखले गरिदिएका थिए । तर, सीमामा कडाइ भएकाले स्वास्थ्य रिपोर्ट भए आफूहरु जान सजिलो हुने बताएपछि शुक्रबार उनीहरु नारायणी अस्पताल पुगे।

अस्पतालमा उनीहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरियो। अस्पतालका अनुसार उनीहरुमा दम बढ्ने, खोकी लाग्ने आदि लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब लिइयो र उनीहरु मदरसामै फर्के।

लक्षण शंकास्पद देखिएपछि तीनैजनाको स्वाब हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा पठाइएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए ।

तीनैजनाको रिपोर्ट पोजेटिभ आएको जानकारी हेटौंडाबाट आएसँगै तत्काल उनीहरुलाई मदरसाबाट अस्पताल लगियो र आइसोलेसन वार्डमा राखेर पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइयो। पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ।

जिल्ला दैवी प्रकोप उद्धार समिति पर्सा अहिले तीनैजनाको कन्ट्याक्ट ट्रेसिङमा जुटेको छ। यतिमखानाका प्रधानाध्यापक असगरका अनुसार चार महिनादेखि नेपालमै बस्दै आएका उनीहरु विश्रामपुर र वडा नम्बर १ र ३ को मदरसामा थिए।

यता, वीरगञ्जमा तीनजना भारतीयमा कोरोना पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा भर्ना भएका ९४ जना बिरामी अन्योलमा परेका छन् । अस्पतालको बहिरंग सेवा बन्द गरिएको छ।

मध्य तराईकै केन्द्रविन्दु रहेको यस अस्पतालमा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लाका बिरामीको उपचार हुने गरेको छ। लकडाउनसँगै अन्य अस्पतालहरुले सामान्य रुघाखोकी वा ज्वरो आएका बिरामीलाई भर्ना गर्न नमानेपछि यस अस्पतालमा बिरामीको चाप बढेको थियो।

अस्पतालमा रहेका बिरामी अन्यत्र सार्ने वा के गर्ने भन्नेबारे व्यवस्थापनले निर्णय गरिसकेको छैन। जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकपछि यसबारे निर्णय हुने प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताए।

प्रकाशित: Apr 12, 2020| 17:11 आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।