काठमाडौं– निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पूँजीगत लाभकर वापत् १४ अर्ब ३३ करोड रुपैयाँ राजश्व दाखिला गरेको छ।
कम्पनीले सरकारलाई बुझाउनुपर्ने लाभकरमध्ये आइतबार अन्तिम किस्तावापत् उक्त रकम बुझाएको हो।
एनसेलको खरिद बिक्रीमा अग्रिम लाभ करवापत कुल लाभको १५ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ बुझाए पनि बाँकी १० प्रतिशत कर तिर्ने विषयमा सरकारसँग विवाद भएको थियो।
उक्त विषयमा ठूला करदाता कार्यालयले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसलामा एनसेल आफैंले लाभकर बुझाउनुपर्ने निर्णय आएको थियो।
लाभकर बुझाउनका लागि एनसेलले सरकासँग किस्ताबन्दीमा तिर्ने सुविधा मागेको थियो।
फैसलालगत्तै पहिलो किस्तामा चार अर्ब ५० करोड रुपैयाँ कर बुझाएको कम्पनीले चैत पहिलो साता दोस्रो किस्तावापत ४ अर्ब ६० करोड बुझाएको थियो।