बिहीबार, भदौ ४, २०८३

सन् १९३० यताकै सबैभन्दा खराब समय : आइएमएफ

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) की व्यवस्थापकीय निर्देशक क्रिस्टलिना जर्जिभाले यो वर्ष १७० देशको आर्थिक वृद्धि नकारात्मक हुने बताएकी छन्।
 |  शुक्रबार, चैत २८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २८, २०७६

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की व्यवस्थापकीय निर्देशक क्रिस्टलिना जर्जिभाले यो वर्ष १७० देशको आर्थिक वृद्धि नकारात्मक हुने बताएकी छन्।

उनले आफ्नो सम्बोधनमा भनेकी छिन्, आर्थिक हिसावले यो वर्ष ग्रेट डिप्रेसन पछिको सबैभन्दा खराब समय हुने बताएकी छिन्।

विश्व समुदायले सन् १९३० लाई ‘ग्रेट डिप्रेसन’ को रुपमा लिएको छ। विश्व कोरोनाको त्रासका कारण लकडाउन रहेको छ भने आर्थिक क्रियाकलापहरु पूर्ण रुपमा बन्द गरिएको छ। त्यसकारण पनि अर्थतन्त्र नकारात्मक हुने उनको दाबी छ।  

उनले यदि कोरोना भाइरस सन् २०२० को मध्यसम्म रहेमा विश्वको अर्थतन्त्र नकारात्मक रुपमा जाने र यसको असर सन् २०२१ सम्म नै प्रभावित हुने बताएकी छन्।

उनले अफ्रिका, ल्याटिन अमेरिका र एसियाका विकासशील राष्ट्रहरुमा कोरोनाको सन्त्रासको प्रत्यक्ष प्रभाव पर्ने र जसको क्षतिपूर्ति स्वरुप अर्बौँ अमेरिकी डलर खर्च हुने बताइन्।

विश्वभर ८१ प्रतिशत अर्थात् तीन अर्ब मानिसहरुले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रसंघले १७० मध्ये १६० देशमा आर्थिक वृद्धि राम्रो हुने अपेक्षा गरेको थियो। 

प्रकाशित: Apr 10, 2020| 19:04 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्