बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाको असर रेमिट्यान्समा, फागुनमा २ अर्ब ३४ करोड कमी

कोरोनाको असर रेमिट्यान्समा, फागुनमा २ अर्ब ३४ करोड कमी

कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष असर रेमिट्यान्समा परेको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष असर रेमिट्यान्समा परेको छ। कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्रमा धराशयी हुन थालेपछि विभिन्न मुलुकमा काम गर्न गएका नेपाली समस्यामा परेका छन्।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा झन्डै २४ प्रतिशत छ।

विदेशमा गएका नेपालीले रकम पठाउन कम गरेपछि चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाहमा २ अर्ब ३४ करोड रुपैयाँले कमी आएको छ।

फागुनसम्ममा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो। कोभिड १९ को विश्वव्यापी संक्रमणबाट विप्रेषण आप्रवाहमा कमी हुन थालेको निष्कर्ष नेपाल राष्ट्र बैकले निकालेको छ।

फागुनसम्म वैदेशिक रोजगारीमा जान अन्तिम स्वीकृति लिने नेपाली कामदारको संख्या २७.४ प्रतिशतले बढेर १ लाख ९३ हजार ७४२ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो संख्या ३८.३ प्रतिशतले घटेको थियो।

यसैगरी चालु आर्थिक वर्षको फागुनसम्ममा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या एक लाख ७५ हर ५५२ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या १ लाख ८० हजर ४०७ थियो।

फागुनसम्ममा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा छ। गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोड घाटामा थियो। चालु खाता भने एक खर्ब १२ अर्ब १५ करोड घाटामा छ । गत वर्षको सोही अवधिमा यस्तो खाता एक खर्ब ६६अर्ब ६७ करोड घाटामा थियो।

प्रकाशित: Apr 09, 2020| 11:44 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्