बिहीबार, भदौ ४, २०८३

फागुनमा भन्सार राजस्वमा कमी

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा सरकारले ५ खर्ब ७० अर्ब ६३ करोड राजस्व संकलन गरेको छ।

संकलित राजस्व मध्ये करतर्फको ४ खर्ब ९७ अर्ब ६० करोड र गैरकरतर्फ ७३ अर्ब ३ करोड रुपैयाँ भएको अर्थमन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ।

फागुन मसान्तसम्ममा ५ खर्ब ८ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा ५ खर्ब ७० अर्ब उठेको छ। यो गत वर्षको तुलनामा १२.२ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको आठ महिनामा भन्सार महसुल २.२ प्रतिशतले घटेको छ। आठ महिनामा भन्सार महसुल १ खर्ब ३ अर्ब उठाउन लक्ष्य भए पनि १ खर्ब १ अर्ब मात्र उठेको छ। त्यस्तै मुल्य अभिवृद्धि करतर्फ र अन्तशुल्कतर्फको पैठारी ४.९ र ८.७ प्रतिशतले घटेको छ।

कोरोना संक्रमणका कारण विभिन्न देशले आयात–निर्यातमा प्रतिबन्ध लगाएका कारण भन्सार राजस्व, भ्याट र अन्तशुल्कमा कमी आएको अर्थमन्त्रालयले जनाएको छ।

राजस्व अन्तर्गत मुल्य अभिवृद्धि कर ९ प्रतिशतले वृद्धि भएको छ भने अन्तशुल्क २ प्रतिशतले, त्यस्तै आयकर २९ प्रतिशतले वृद्धि भएको छ।

 

प्रकाशित: Apr 09, 2020| 10:32 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्