बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंक, वर्ल्ड रेमिट र अर्बिट रेमिटबीच सहकार्य

एनआईसी एशिया बैंक, वर्ल्ड रेमिट र अर्बिट रेमिटबीच सहकार्य

 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

वर्ल्ड रेमिट र अर्बिट रेमिटमार्फत् विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एन आई सी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सक्ने भएका छन् ।
विश्वभरी नै महामारीको रूपमा पैmलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् र यस्तो अवस्थामा एन आई सी एशिया बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहेका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।
जसबाट ग्राहकले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्छन् ।

प्रकाशित: Apr 08, 2020| 20:21 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्