बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय श्रम संगठन भन्छ– एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्न सक्छ

अन्तर्राष्ट्रिय श्रम संगठन भन्छ– एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्न सक्छ

कोभिड–१९ ले गर्दा सन् २०२० मा विश्वभरका करिब एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले प्रक्षेपण गरेको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– कोभिड–१९ ले गर्दा सन् २०२० मा विश्वभरका करिब एक अर्ब २५ करोड मानिसको रोजगारी गुम्ने सक्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले प्रक्षेपण गरेको छ।

मंगलबार सार्वजनिक गरिएको ‘कोभिड १९ एण्ड द वल्र्ड अफ वर्क’ रिपोर्टअनुसार एक अर्ब २५ करोड मानिसमध्ये अधिकांशको रोजगारी गुम्ने, काम गर्ने समय र तलबको कटौती हुनेछ।

रिपोर्टले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध सरह क्षति हुने जनाइएको छ। क्षेत्रगत हिसाबले अमेरिकामा ४३ प्रतिशत रोजगारीको समस्या आउन सक्ने औंल्याइको छ।

त्यस्तै, अफ्रिकामा २६ प्रतिशतमा समस्या देखिन जनाइएको छ। विश्वभर असंगठित रुपमा कार्यरत करिब दुई अर्ब मजदुरको कमाई र रोजगारी पनि प्रभावित हुने उल्लेख गरिएको छ।

असंगठिन रुपमा कार्यरत मजदुर अल्पविकसित र विकासशील राष्ट्रमा बढी भएकोले यसको बढी असर पनि यिनै मुलुकहरूमा पर्ने आईएलओको निष्कर्ष छ।

 

प्रकाशित: Apr 08, 2020| 18:58 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्