बिहीबार, भदौ ४, २०८३

ब्याजदर घटाउने तयारीमा बैंक

कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प भएपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको हो।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

काठमाडौं– २७ वटा वाणिज्य बैंकले आगामी बैशाखदेखि ब्याजदर घटाउने भएका छन्।

कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प भएपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको हो।

जसअनुसार बैशाखदेखि नयाँ ब्याजदर लागू हुनेछ। निक्षेपमा नयाँ ब्याजदर बैशाखबाटै र कर्जामा आगामी जेठबाट घटेको ब्याज लागू हुनेछ।

नयाँ ब्याजदरअनुसार मुद्दतीमा ८.२५ र बचत खातामा ५.५ प्रतिशतसम्म हुनेछ। हाल मुद्दती खाताको ब्याजदर ९.५ प्रतिशत र बचत खाताको ६.५ प्रतिशतसम्म छ।

प्रकाशित: Apr 08, 2020| 15:46 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्