बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला फुटबललाई तीजको उपहार, बंगलादेशलाई हराएपछि खुशीको बहार [तस्बिरहरू]

महिला फुटबललाई तीजको उपहार, बंगलादेशलाई हराएपछि खुशीको बहार [तस्बिरहरू]

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।
 |  बिहीबार, भदौ २४, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, भदौ २४, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेका थिए। बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन्।

खेलको १४ औं मिनेटमा सबिताले गोल गरेकी थिइन् भने २३ औं मिनेटमा प्रितीले गोल गरिन्। त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएकी थिइन्। 

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। एसियाली कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। तिजको व्रत बस्ने दिनमा नै भएको महिला खेलले नेपाली टिमलाई उत्साहित भएको छ। 

प्रकाशित: Sep 09, 2021| 19:51 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।