आइतबार, माघ ४, २०८२

लकडाउनको मौका छोपेर निकुञ्जमा अवैध गतिविधि बढ्यो

बन्दाबन्दीमा हिँडडुलमा बन्देज भएपछि गाउँलेहरु राष्ट्रिय निकुञ्जमा अनधिकृत रुपमा छिरेर चोर सिकारीमा संलग्न हुन थालेको बरालले बताए।
 |  मंगलबार, चैत २५, २०७६

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, चैत २५, २०७६

काठमाडाैं- बर्दिया राष्ट्रिय निकुञ्जमा चौसिंगा (फोर हर्न एन्टिलोप) को सिकार गरेर मासु भाग लगाउँदै गरेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
‘गस्तीका क्रममा मासु भाग लागाउँदै गरको अवस्थामा गाउँलेहरु पक्राउ परेका हुन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने।
चौसिंगा संरक्षित प्राणीका रुपमा सूचीकृत गरिएको प्राणी हाे।

National life

बरालका अनुसार निकुञ्ज क्षेत्रमा ठूलो परिमाणमा काठ कटानी गरिरहेको कसुरमा अर्का एक जना पनि पक्राउ परेका छन्।
बन्दाबन्दीमा हिँडडुलमा बन्देज भएपछि गाउँलेहरु राष्ट्रिय निकुञ्जमा अनधिकृत रुपमा छिरेर चोर सिकारीमा संलग्न हुन थालेको बरालले बताए।

‘गाउँलेहरु निकुञ्जमा पस्न थालेपछि निगरानी बढाइएको छ,’ उनले भने, ‘घाँसदाउरा संकलनजस्ता सामान्य कसुरदारलाई जरिवाना गराए छाडेका छौं भने केहीलाई स्थानीय प्रतिनिधिको रोहबरमा पछि उपस्थित हुने गरी छोडिएको छ।’ गम्भीर कसुरमा संलग्नलाई भने पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

चितवनमा निगरानी तीव्र

चितवन राष्ट्रिय निकुञ्जमा पनि अनधिकृत रुपमा पस्नेको क्रम बढेको छ। निकुञ्जले सोमबारसम्म अनधिकृत प्रवेश गरेर विभिन्न कसुर गरेका झण्डै सय जनालाई पक्राउ गरेको छ।

Laxmi sunrise bank
kumari

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले शनिबार मात्र निकुञ्ज प्रशासनले २२ जनालाई पक्राउ गरेको बताए।
‘लकडाउनपछि अनधिकृत रुपमा निकुञ्जमा प्रवेश गर्नेको संख्या बढेको छ,’ रुपाखेतीले भने, ‘अधिकांश मानिस घाँसदाउरा, काठ संकलनजस्ता सामान्य कसुरमा संलग्न भएका छन्।’

देशमा हुने राजनीतिक अस्थिरता तथा असमान्य अवस्थामा चोरी सिकारी फस्टाउने हुँदा निकुञ्ज प्रशासनले हालको बन्दाबन्दीमा पनि निगरानी तीव्र पारेको छ। चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएको वटुक दल गणले निगरानीका लागि ड्रोन प्रयोग गरेर पनि गस्ती बढाएको छ।
‘खोला र खुला क्षेत्रमा ड्रोनमार्फत निगरानी गरिएको छ,’ रुपाखेतीले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवं उपसचिव विष्णुप्रसाद श्रेष्ठले बन्दाबन्दीमा पनि संरक्षणमा विभाग लागिपरेको बताए।
‘अहिले हामी राष्ट्रिय रुपमै असहज परिस्थितिमा छौं,’ श्रेष्ठले भने, ‘विभागले स्वास्थ्यसँग सम्बन्धित सरकारी निर्देशन पालना गर्दै निकुञ्ज कर्मचारीलाई सतर्क हुन र निगरानी बढाउन निर्देशन दिएको छ ।’

प्रकाशित: Apr 07, 2020| 11:33 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।