काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य (बेलायत) का प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
कोरोना भाइरसको संक्रमणका कारण दस दिनदेखि आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।
प्रधानमन्त्री ओलीले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन्। -रासस
याे पनि : कोरोना लागेका बेलायती प्रधानमन्त्री आईसीयूमा