बिहीबार, भदौ ४, २०८३

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो।

अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन्।

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो।

अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा अधिकारी नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए।

प्रकाशित: Apr 06, 2020| 16:30 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्