बिहीबार, भदौ ४, २०८३

चार वर्षमा नबिकेको इन्डक्सन चुलो लकडाउनमा सकियो

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेको विद्युतीय चुलो (इन्डक्सन) सकिएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेको विद्युतीय चुलो (इन्डक्सन) सकिएको छ। नाकाबन्दीको समयमा ग्यासको चरम अभाव हुँदा चीनले नेपाल सरकारलाई ११ हजार थान इन्डक्सन दिएको थियो ।

महँगो भएका कारण लामो समयदेखि नबिकेको इन्डक्सन मूल्य घटाएपछि बिकेको हो। कोरोना भाइरसका कारण लकडाउन भएपछि इन्डक्सन बिक्री बढेको थियो । सुरुमा ११ हजार रुपैयाँ मूल्य तोकिएकोमा नबिकेपछि घटाएर ४ हजार बनाइएको थियो।

सोही इन्डक्सन लकडाउनको समयमा विभिन्न पाँच स्थानमा बिक्रीका लागि खाद्य कम्पनीले राखेको थियो । कम्पनीले सूचना जारी गर्दै इन्डक्सन सकिएको जानकारी दिएको छ।

लकडाउनका कारण ग्यास अभाव चकिएपछि उपभोक्ता इन्डक्सनतर्फ आकर्षित भएका थिए । दैनिक ५०० को इन्डक्सन बिक्री भएको थियो ।

प्रकाशित: Apr 05, 2020| 17:52 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्