बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाविरुद्ध लड्न बनाएको कोषमा लक्ष्मी बैंकको एक करोड

कोरोनाविरुद्ध लड्न बनाएको कोषमा लक्ष्मी बैंकको एक करोड

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

लक्ष्मी बैंकले कोरोनासँग लड्न सरकारले बनाएको कोषमा एक करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले ३० करोड रुपैयाँ संघिय सरकारले बनाएको कोषमा दिने भएको छ भने बाँकी ७ प्रदेशमा नै प्रदेश सरकारले बनाएको कोषमा १०÷१० लाख रुपैयाँको दरले रकम सहयोग गर्ने निर्णय गरेको हो ।

आइतबार बैंकले विज्ञप्ति जारी सो सहयोगबाट कोरोना संक्रमणको नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग पुग्ने दावी गरेको छ । महामारीबाट नियमित आर्थिक गतिविधि सञ्चालन नभएका कारण प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति तथा परिवारलाई पनि सो रकमले राहत मिल्ने बैंकको दावी छ ।
सो रकम बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दिएको पनि स्पष्ट पारेको छ ।

प्रकाशित: Apr 05, 2020| 11:34 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्