बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकद्वारा श्रमिकका लागि महानगरीय प्रहरीलाई खाद्यान्न सामग्री हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्वारा श्रमिकका लागि महानगरीय प्रहरीलाई खाद्यान्न सामग्री हस्तान्तरण

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप महालक्ष्मी विकास बैंकले रु. चार लाख बराबरको खाद्यान्न सामग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ ।

उक्त खाद्यान्न चैत १९ १९ गते बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेको थियो । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवन यापन गर्न मद्दत पुग्ने विश्वास बंैकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

 

प्रकाशित: Apr 05, 2020| 11:04 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्