बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वास्थ्य उपकरण खरिदमा नाम जोडिएपछि भाटभटेनी सुपर स्टोर्सको प्रष्टीकरण

स्वास्थ्य उपकरण खरिदमा नाम जोडिएपछि भाटभटेनी सुपर स्टोर्सको प्रष्टीकरण

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

कोरोना संक्रमण महामारीको अवस्थामा कुनै एक कम्पनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा नाम जोडिएको भन्दै भाटभटेनी समूहको ध्यान आकृष्ट भएको जनाएको छ ।
‘अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोक स्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ । उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ । भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मानमर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं,’ भाटभटेनीले भनेको छ।
संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि जनाएको छ । संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ ।
सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी घर–घरमै पुर्याउने व्यवस्था गरिरहेको पनि जानकारी गराएको छ ।

प्रकाशित: Apr 05, 2020| 10:50 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्