जनकपुरधाम । मुक्ति विकास बैंकले गरिब तथा विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न सहयोग गरेको छ । कोरोना रोकथाम गर्न सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवारका लागि बैंकले राहत प्रदान गरेको हो।
मुक्तिनाथ विकास बैंकको जनकपुर शाखाले शनिबार जनकपुर उद्योग वाणिज्य संघमार्फत १५० परिवारलाई चामल, दाल, आलु, प्याज, सोयाबिन, नुनलगायतका खाद्यान्न सामग्री सहयोग गरेको क्षेत्रीय प्रबन्धक प्रभाष झाले जानकारी दिएका छन्।
लकडाउनपछि दैनिक ज्यालादारी गरि जीवनयापन गर्ने मजदुर तथा विपन्नहरु समस्यामा परेकोले बैंकको तर्फबाट सानो सहयोग गरिएको उनले बताए। बैंकले उपलब्ध गराएको खाद्यान्न लगायतका सामग्री वाणिज्य संघ परिसरमा गरिब तथा विपन्नहरुलाई वितरण गरिएको छ।