काठमाडौं– नेपालको लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले ‘हुन्डाई कियर’ कार्यक्रमको सुरुवात गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको संकटलाई मध्यनजर गरी कार्यक्रमको सुरुवात गरिएको कम्पनीले जनाएको छ।
जसले हुन्डाईका ग्राहकलाई आफ्नो सवारीसाधनको मर्मतमा कुनै कठिनाइ आएमा सहायता प्रदान गर्नेछ ।
कार्यक्रमले वारेन्टी भएका सबै हुन्डाई गाडीको वारेन्टी दुई महिना थप्ने जनाएको छ। यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टीलगायत सेवाहरू समावेश गरिएको छ।