मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन, सुर्खेत र डोल्पामा अनिश्चित

कर्णालीका ५५३ वडामा सकियो कांग्रेस अधिवेशन, सुर्खेत र डोल्पामा अनिश्चित

सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।
 |  बिहीबार, भदौ २४, २०७८

देव राना

देव राना

बिहीबार, भदौ २४, २०७८

सुर्खेत– कर्णालीका पाँच सय ५३ वटा वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न गरेको छ। सल्यानका ८३ वडामध्ये ८२, कालीकोटका ८६, दैलेखका ८६, जाजरकोटका ७७, रुकुमपश्चिम ७३, जुम्लाका ६०, मुगुका ४५ र हुम्लाका ४४ वटा वडामा गरी कुल पाँच सय ५३ वडाको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसले जनाएको छ।

triton college

भदौ १८ गतेदेखि २३ गतेभित्र सबै वडामा अधिवेशन सम्पन्न गरी सक्नुपर्ने कार्यतालिका थियो। सोहीअनुसार कर्णालीका आठ जिल्लामा मात्र वडा अधिवेशन सुरु भएको थियो। कार्यतालिकाअनुसार कर्णाली प्रदेशका दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा कांग्रेसको वडा अधिवेशन सुरु भएको हो। 

सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको वडा नं. ११ मा वडा अधिवेशन हुन सकेको छैन। मतदान अधिकृतका कारण तोकिएकै समयमा अधिवेशन गर्न नसकिएको कांग्रेस सल्यानका सभापति गणेश चन्द्रले जानकारी दिए  उक्त वडामा शुक्रबार वडा अधिवेशन तोकिएको छ। सल्यानका २० प्रतिशत वडामा निर्वाचन भएको थियो। 

‘सर्वसम्मत प्रयास गर्दागर्दै २० प्रतिशत वडामा चुनाव गर्ने अवस्था आयो’, चन्दले भने, ‘ती वडामा पनि वडा सभापतिका लागि मात्रै निर्वाचन भयो।’ सल्यानमा २० प्रतिशत वडामा निर्वाचन भइरहँदा कर्णालीका अन्य जिल्लामा भने कमै वडामा मात्रै निर्वाचन गर्नुपर्ने अवस्था आएको छ।

जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ८ मा भने निर्वाचन गर्नुपर्ने अवस्था आएको कांग्रेसका जिल्ला सभापति दीपबहादुर शाहीले जनाए। 

corrent noodles
Metro Mart

कालीकोटका केही वडामा पनि निर्वाचन गर्नुपरेको छ। ‘८/१० वटा वडामा निर्वाचन भएको छ’, कांग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले भने, ‘९० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व छानेका छौं।’ सहमतिको प्रयास गर्दागर्दै केही वडामा निर्वाचन गर्नुपरेको उनको भनाइ छ।

कर्णालीका दैलेख, जाजरकोट, रुकुमपश्चिम, हुम्ला र मुगुका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जिल्ला सभापतिहरुले जनाएका छन्। कर्णालीका दस जिल्लामध्ये सुर्खेत र डोल्पामा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन अन्योलमा छ।


प्रकाशित: Sep 09, 2021| 16:39 बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।