बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशतले घट्ने एडीबीको प्रक्षेपण

एडीबीले आज सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ का अनुसार नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सिमित रहने आकलन छ।
 |  शुक्रबार, चैत २१, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २१, २०७६

काठमाडौं– चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर करिब दुई प्रतिशतले घट्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ।

एडीबीले आज सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ का अनुसार नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा सिमित रहने आकलन छ।

रिपोर्टमा कोभिड–१९ को प्रभाव र अन्य कारणले चालु आवमा नेपालको आर्थिक वृद्धिदर गत आवको ७.१ प्रतिशतबाट झरेर ५.३ प्रतिशत मात्र कायम हुने उल्लेख गरिएको छ।

कोभिड–१९को प्रभावले नेपालको मात्रै नभएर समग्र एसियाको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झर्ने जनाइएको छ।

उच्च आय भएका एसियाली मुलुक बाहेक अन्य विकासशील मुलुकको ५.७ प्रतिशतबाट झरेर २.४ प्रतिशत मात्रै रहने छ ।

जारी लकडाउने औद्योगीक र सेवा क्षेत्रमा प्रत्यक्ष प्रभाव र रेमिटेन्स आप्रवाह शुन्यमा झरेको एडीबीको भनाइ छ। यो वर्ष धान उत्पादनमा आएको गिरावटले पनि वृद्धिलाई असर पार्ने एडीबीको ठहर छ ।

प्रकाशित: Apr 03, 2020| 11:56 शुक्रबार, चैत २१, २०७६
प्रतिक्रिया दिनुहोस्