सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोना पशुपन्छीबाट सर्दैन, इम्युनिटी बढाउन मासु-अण्डा पनि खाऔं’

‘कोरोना पशुपन्छीबाट सर्दैन, इम्युनिटी बढाउन मासु-अण्डा पनि खाऔं’

 विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ।
 |  बिहीबार, चैत २०, २०७६
nespernesper

महेश्वर आचार्य

महेश्वर आचार्य

बिहीबार, चैत २०, २०७६

vianetvianet

काठमाडौं- विश्व पशु स्वास्थ्य संगठन (ओआईई) ले पशुबाट कोरोना भाइरस नसर्ने र पशुलाई गरिने मानवीय व्यवहारले कोरोना संक्रमण नफैलने स्पष्ट पारेको छ।
बेल्जियममा बिरालोमा कोरोना देखिएको समाचार सार्वजनिक भएपछि ओआईईले घरपालुवा कुकुर तथा बिरालोबाट मानिसमा कोरोना फैलिएको प्रमाण नभेटिएको स्पष्ट पारेको हो।

triton college

नेपालमा पनि कुकुर, बिरोलो तथा पन्छीबाट कोरोना सार्छ भन्ने गलत बुझाइ रहेको पाइएको छ। कतिपयले घरपालुवा पशुलाई खुला छोडिदिएको, खान नदिएको भन्ने खबर आइरहेका छन्।

नेपाली पशु स्वास्थ्य विज्ञले पनि पशुबाट कोरोना फैलिएको प्रमाण हालसम्म नभेटिएको स्पष्ट पारेका छन्।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. शीलतकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै हालसम्म कोरोना पशुपन्छीबाट मानिसमा नसरेको जनाएका छन्। ‘आममानिस कोरोनाका कारण पशुपन्छीबाट डराएका छन्,’ उनले ओआईईलाई उद्धृत गर्दै भनेका छन्, ‘कोरोनाका कारण पशुबाट डराउनुपर्ने अवस्था छैन।’

कोरोना संक्रमणबाट बच्न सरसफइमा ध्यान दिन विज्ञहरुले सुझाउँदै आएका छन्। शंका लागेको मान्छे आइसोलेसनमा बस्ने र छिटो परीक्षणमा जानुपर्ने उनीको राय छ।

National life insurance

कोरोना भाइरसबारेको सही सूचना जनतामा नपुग्दा आममानिसमा अन्योल देखिएको विज्ञ बताउँछन्। सरकारले कोरोनाबारेको सूचना प्रसारमा अझ प्रभावकारी रुपमा अघि बढ्नुपर्ने उनीहरुको धारणा छ।

नेपाल भेटेरिनरी काउन्सिलका रजिस्ट्रार डा. नारायणप्रसाद घिमिरेले पशुलाई हेला गर्ने गरिएको समाचारप्रति खेद व्यक्त गरे। ‘पशुहरुलाई खान नदिने, खुला छोडिदिनेलगायतको व्यवहार अनुचित छ,’ डा. घिमिरेले भने, ‘कोरोनाको डरले घर पालुवा जीवसँग दूरी राख्नुपर्ने आवश्यकता छैन। पशुपन्छीबाट कोरोना संक्रमण भएको भेटिएको छैन।’

कोरोनाको डरले मान्छेहरुले मासु, अण्डा खान छोडिदिएका घटनाले आममानिसमा सही सूचना नपुगेको संकेत गरेको उनले बताए। ‘इम्युनिटी बढाउन झन् मासु, अण्डा नियमित खानुपर्छ,’ डा. घिमिरेले भने, ‘यो मान्छेबाट मान्छेमा सर्ने हो। पशु र मासु, अण्डाबाट होइन।’

गत साता चीनमा गरिएको एक अध्ययनले बिरालोबाट बिरोलोमा भने कोरोना भाइरस संक्रमण हुने निष्कर्ष निकालेको थियो। चीनको हर्बिन भेटेरिनरी रिसर्च इन्स्टिच्युटले बिरोलाबाट बिरालोमा भाइरस संक्रमणको जोखिम रहने निष्कर्ष निकालेको दी गार्जियनले जनाएको छ।

बिरालोमा जस्तै कुकुर, हाँस, कुखुरा र सँगुरमा भने बिरालामा जस्तो जोखिम नरहने इस्न्टिच्युटको निष्कर्ष छ।

 

प्रकाशित: Apr 02, 2020| 21:46 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।