बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्घ अग्रसर हुन स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषलाई रु. १ करोड ५१ लाख योगदान गरेको छ ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्घ अग्रसर हुन स्थापित सरकारको कोभिड–१९ रोकथाम कोषलाई रु. १ करोड ५१ लाख योगदान गरेको छ ।

उक्त रकम उल्लेखित चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रदान गरेका थिए।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय तथा व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । यस बाहेक बैंकले अनलाइन ब्यापारीहरुसँग पनि सम्झौता गरेको छ, जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिनेछ ।

प्रकाशित: Apr 02, 2020| 19:37 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्