बिहीबार, भदौ ४, २०८३

कोरोना कोषमा मेगा बैंकको एक करोड ३५ लाख सहयोग

उक्त रकममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका साथै सञ्चालक समिति र १२ सय बढी कर्मचारीको पनि योगदान छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड ३५ लाख रूपैयाँ सहयोग गरेको छ।

उक्त रकममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका साथै सञ्चालक समिति र १२ सय बढी कर्मचारीको पनि योगदान छ।

जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र

उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्। यसबापत् करिब ३१ लाख रूपैयाँ जम्मा हुनेछ।

त्यसैगरी सात सञ्चालक समिति सदस्यले २५ हजारका दरले एक लाख ७५ हजार रूपैयाँ प्रदान गर्नेछन्।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले विपदमा आफ्नो तलबबाट राष्ट्रलाई सहयोग सबै कर्मचारीप्रति आभार प्रकट गरेकी छन्।

प्रकाशित: Apr 02, 2020| 17:39 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्