बिहीबार, भदौ ४, २०८३

पुनर्बिमा कम्पनीको आईपीओ बाँडफाँटमा ढिलाइ

लकडाउनका कारण नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट रोकिएको छ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं- लकडाउनका कारण नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट रोकिएको छ। कम्पनीको बिक्री प्रबन्धक रहेको आरबीबी मर्चेन्ट बैंकका अनुसार गत चैत १४ गते नै आईपीओको बाँडफाँट गर्ने तयारी थियो।

आरबीबीले अझै चारवटा बैंकबाट आईपीओ भरेकाहरुको आवेदन रुजु हुन बाँकी भएकाले पनि तोकिएको समयमै आईपीओ बाँडफाँट गर्न नपाएको जनाएको छ।

आईपीओ बाँडफाँट गर्दा सीडीएसले मान्यता दिएको सफ्टवेयरबाट गोलप्रथा गनुपर्ने हुन्छ। धितोपत्र बोर्ड नेप्से, लगानीकर्ता, बिक्री प्रबन्धक, कम्पनीका प्रतिनिधिलगायतका उपस्थितिमा बाँडफाँट गर्नुपर्ने भएकाले पनि समय सारिएको आरबीबी मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले बताए।

लकडाउन अवधि लम्बिएमा कम्पनीको आईपीओ बाँडफाँटको अवधि पनि लम्बिनेछ। कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको थियो।

कम्पनीको आईपीओमा मागभन्दा बढीको आवेदन परेको थियो।
मर्चेन्ट बैंकका अनुसार आईपीओमा ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको थियो । यो माग भन्दा ३.६८ गुणा धेरै हो। यसमा ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन्।

प्रकाशित: Apr 02, 2020| 13:02 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्