बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकको कोभिड–१९ सहायता कोषमा योगदान गर्न सस्तो डिलसँग सहकार्य

एनएमबि बैंकको कोभिड–१९ सहायता कोषमा योगदान गर्न सस्तो डिलसँग सहकार्य

 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

कोभिड– १९ बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ । जसमा सामान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप सहायता कोषमा योगदान दिइनेछ ।

यस पहलको उद्देश्य दैनिक ज्यालादारीमा कार्यरत मजदुरवर्ग तथा कर्मचारीवर्गलाई सहयोग गर्नु रहेको छ जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको छ ।

 

प्रकाशित: Apr 02, 2020| 10:43 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्