बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाईनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान्न खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू. ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ ।

यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म दराजको वेबसाइटमा गई बिग मार्टमा सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

प्रकाशित: Apr 02, 2020| 10:39 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्