काठमाडौं– नेपालमा औपचारिक रुपमा सहकारी दर्ता भएको सम्झनामा हरेक वर्ष आजकै दिन राष्ट्रिय सहकारी दिवस मनाइन्छ।
पहिलो पटक २०१३ साल चैत २० गते चितवनमा बखान सहकारी संस्था दर्ता भएको थियो।
यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनले गर्दा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन।
सहकारी दिवसको अवसमा बधाई र शुभकामना व्यक्त गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोरोना संक्रमण रोकथाममा जुट्न आह्वान गरेकी छन्।
विपदको घडीमा राष्ट्रव्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजीकरण गर्नुपर्ने शुभकामना वक्तव्यमा उल्लेख गरिएको छ।
यसैगरी उनले सहकारीको परम्परागत ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
नेपालमा सहकारीको संख्या ३५ हजार बढी छ। अहिले बचत तथा ऋणका साथै कृषि, स्वास्थ्य, सञ्चार, उपभोक्ता, यातायातलगायतका क्षेत्रमा सहकारीले काम गर्दै आएको छ। ६५ लाख सर्वसाधारण सहकारीमा आवद्ध छन् ।
संविधानमा अर्थतन्त्रको आधारस्तम्भ स्वीकार गरिएको सहकारीको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ५ प्रतिशत र वित्तीय क्षेत्रमा २५ प्रतिशत योगदान छ।
गाउँ–गाउँमा वित्तीय पहुँच पु¥याउनुका साथै स–सानो बचत संकलन र ऋण प्रवाहका लागि सहकारीको भूमिका उल्लेख्य छ।