बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थ मन्त्रालयद्धारा कोरोना रोकथामका लागि डेढ अर्ब निकासा

अर्थ मन्त्रालयद्धारा कोरोना रोकथामका लागि डेढ अर्ब निकासा

उक्त रकम कोरोना संक्रमितको उपचार, नियन्त्रण तथा अस्पतालहरूको स्तरोन्तीमा खर्च हुनेछ।
 |  बिहीबार, चैत २०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

काठमाडौं– अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि डेढ अर्ब रूपैयाँ निकासा गरेको छ।

अर्थले स्वास्थ्य मन्त्रालयको बजेटबाट ८५ करोड र बाँकी रकम मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरेर उपलब्ध गराएको हो।

उक्त रकम कोरोना संक्रमितको उपचार, नियन्त्रण तथा अस्पतालहरूको स्तरोन्तीमा खर्च हुनेछ।

उक्त रकम मध्ये कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ५० करोड दिइएको छ।

यसअघि चीनबाट विद्यार्थीको उद्धार गर्दा र क्वारेन्टाइनमा राख्दा भएको १३ करोड खर्च पनि निकासा भइसकेको छ।

 

प्रकाशित: Apr 02, 2020| 09:31 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्