बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोभिड–१९ ले एसिया–प्रशान्त क्षेत्रका २ करोड ४० लाख नागरिक गरिबीको रेखामुनीः विश्व बैंक

कोभिड–१९ ले एसिया–प्रशान्त क्षेत्रका २ करोड ४० लाख नागरिक गरिबीको रेखामुनीः विश्व बैंक

यसले उत्पादनमुलक उद्योग र पर्यटन क्षेत्रमा पनि उल्लेख्य प्रभाव पार्ने विश्व बैंकले जनाएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

काठमाडौं– विश्व बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभावको प्रारम्भिक आकलन गरेको छ।

‘इस्ट एसिया एण्ड प्यासिफिक इन द टाइम अफ कोभिड–१९’ रिपोर्ट अनुसार सन् २०२० मा यो क्षेत्रका २ करोड ४० लाख नागरिक गरिबीको रेखामुनी रहनेछन्।

यो महामारीले दैनिक ज्यालादारी र उद्योगमा आश्रित श्रमिकहरू बढी प्रभावित हुनेछन्।

यसले उत्पादनमुलक उद्योग र पर्यटन क्षेत्रमा पनि उल्लेख्य प्रभाव पार्ने विश्व बैंकले जनाएको छ।

रिपोर्टअनुसार चीनको आर्थिक वृद्धिदरमा २.३ प्रतिशतले कमी आउनेछ।

विश्व बैंकको मापदण्डअनुसार दैनिक ५.५० डलरभन्दा कम आम्दानी हुने नागरिक गरिबीको रेखामुनी पर्छन्।

बैंकले स्वास्थ्य सेवामा लगानी बढाउन र तल्लो तहका जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिएको छ।

 

प्रकाशित: Apr 01, 2020| 08:58 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्