बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले वित्तीय संस्थामा १ अर्ब ९५ करोड लगानी गर्ने

राष्ट्र बैंकले वित्तीय संस्थामा १ अर्ब ९५ करोड लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब ९५ करोड १२ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षको लागि (२०७७ वैशाख २ देखि २०७८ वैशाख १ गतेसम्म) लगानी गर्ने भएको छ ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब ९५ करोड १२ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा एक वर्षको लागि (२०७७ वैशाख २ देखि २०७८ वैशाख १ गतेसम्म) लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क वर्गका बैंकमा एक अर्ब ५६ करोड ११ लाख, ख वर्गमा २९ करोड र ग वर्गमा ९ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले सोमबार पुनः सूचना जारी गरी बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र दिने व्याजदर स्पष्ट रुपमा उल्लेख गरी राष्ट्र बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरेर राष्ट्र बैंकमा बुझाउनु पर्ने जनाएको छ ।

यसअघि राष्ट्र बैंकले चैत १० गते लगानीको लागि सूचना जारी गरेको थियो तर लकडाउनका कारण कुनैपनि बैंक तथा वित्तीय संस्थाले आवेदन दिएका थिएनन् ।

राष्ट्र बैंकले तोकेको न्यूनतम ११ वटा शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा मात्र सो लगानी गरिने केन्द्रीय बैंकले जनाएको छ ।

रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाको न्यूनतम पुँजीकोष राष्ट्र बैंकले तोके अनुसार कायम भएकोे हुनुपर्ने, निष्कृय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने, खुद तरल सम्पत्ति २० प्रतिशत हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाही वा समस्याग्रस्त भएको भए फुकुवामा परेको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

 

प्रकाशित: Mar 31, 2020| 12:16 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्