बिहीबार, भदौ ४, २०८३

बुटवलको गल्ती नदोहोर्‍याऊ सरकार

यो प्रश्न सोझै प्रदेश– ५ सरकार प्रमुख शंकर पोखरेलमा ठोकिन्छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं– बुटवलस्थित कोरोना विशेष अस्पतालकाे आइसोलेसनमा राखिएका रुपन्देही सैनामैना ४ का ३३ वर्षीय युवकको मृत्यु हुनुमा प्रदेश सरकारको गम्भीर कमजोरी देखिएको छ।

ज्वरो आएको एक सातासम्म पनि निको नभएपछि उनी अस्पताल पुगेका थिए। उनलाई १३ गते साँझ अस्पताल भर्ना गरियो। तर कोरोना परीक्षण प्रक्रियामा निकै ढिलासुस्ती गरियो।

भर्ना भएको चौथौ दिन मात्र थ्रोट स्वाबको नमुना काठमाडौं पठाइयोे।

कोरोना परीक्षण हुन नसक्दा चिकित्सकले अरु नै समस्या हो कि भनेर परीक्षण गर्न सकेनन्। व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध नहुँदा सामान्य रुघाखोकीका बिरामी जाँच्न पनि चिकित्सकलाई सास्ती छ।

उपचारको अभावमा उनको दुःखद निधन भयो। जब कि बुटवलमा उनको उपचार हुन सक्थ्यो। त्यो सम्भव नभएको भए एम्बुलेन्समै काठमाडौं पुर्याउन गाह्रो थिएन।

नमुना काठमाडौं पठाउन किन चार दिन लाग्यो भन्नेमा अस्पतालले दिएको जवाफ जिम्मेवारीपूर्ण देखिएन। यसले के स्पष्ट पारेको छ भने प्रदेश सरकार कोरोना भाइरस संक्रमण भइहालेमा त्योसँग जुध्न सक्षम छैन।

अस्पतालका सूचना अधिकृत डा. विष्णुप्रसाद गौतमले नमुना पठाउन दुई कुरा बाधक भएको औंल्याएका छन्– स्वाब संकलन गर्ने सामग्री भीटीएम तथा विमान सेवा अभाव।

यस्ता प्राविधिक पक्षको व्यवस्थापनमा सरकारको किन बेवास्ता? गम्भीर प्रश्न यही हो। यो प्रश्न सोझै प्रदेश–५ सरकार प्रमुख शंकर पोखरेलमा ठोकिन्छ।

अस्पतालमा चिकित्सकका लागि सुरक्षा सामग्री उपलब्ध गराउन सरकारले नसकेकै हो भने पनि बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउन त गाह्रो थिएन ।

नमुना संकलन, जाँचपड्ताल र अन्य आपत्कालीन सामग्री ओसारपसार गर्न सेना र निजी क्षेत्रको हेलिकप्टरको परिचालन गरेमात्र यो समस्या समाधानमा सघाउ पुग्छ।

नेपाल वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपाने सरकारलाई आवश्यक भएमा नेपालमा भएका ३० भन्दा बढी हेलिकोप्टरबाट आपत्कालीन सेवा उपलब्ध गराउन तयार रहेको बताउँछन्।

‘महामारीका बेला सबैको सहकार्य जरुरी छ। संघ सरकारलाई सहयोग गर्न तयार छ। हाम्रो हेल्थ तथा एयर सेफ्टी मेजर हामीले पालना गरिरहेकै हुन्छौं हामीसँग सहकार्य माग भयो भने तयार छाैं', न्यौपाने भन्छन्।

‘सेफ्टीका लागि पीपीई वा अन्य के आवश्यक हुन्छ त्यो उपलब्ध गराए निजी हावाई सेवा नमुना संकलन वा बिरामी र चिकित्सक ओसारपसार वा अन्य सबै सहयोग गर्न तयार छन्,’ न्यौपानेले भने, ‘संकटमा सेवा नगर्ने भन्ने प्रश्नै आउँदैन। तर, सरकारले हाम्रो सुरक्षा व्यवस्था मिलाउनुपर्छ।’

कोरोनाविरुद्ध महामारीसँग लड्न सबै एकजुट भएर काम गर्नु त छँदैछ। भद्रगोल स्वास्थ्य अवस्था भएको नेपालले ‘सिक्दै र गर्दै’ अघि बढ्नुकोे विकल्प देखिँदैन। तसर्थ बुटवलको गल्ती नदोहोरियोस् भन्नेमा सरकारी पक्ष समयमै चनाखो बनोस्।

सरकारले कोरोनाविरुद्धको युद्धमा सातै प्रदेशलाई लक्ष्य गरेर आपत्कालीन हवाईसेवा व्यवस्थापनमा ढिलाइ गर्नु हुँदैन।

याे पनिबुटबलको कोरोना अस्पतालमा ज्यान गुमाएका युवकको रिपोर्ट नेगेटिभ

प्रकाशित: Mar 30, 2020| 19:17 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।