काठमाडौं– आगामी माघ २२ बाट नेपालमा सञ्चालन हुने लिग टु अन्तर्गतको त्रिपक्षीय क्रिकेट शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमानसँगको क्रिकेट शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
माघ २२ देखि २९ सम्म चल्ने क्रिकेट शृंखलाका लागि ओमान र अमेरिकाले भने यसअघि नै टोली घोषणा गरिसकेको छ।
नेपाली टाेली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर, ललित राजवंशी।
वैकल्पिक खेलाडी : पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा, किशोर महतो।
ओमान टोली
जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दीप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलिमुल्लाह र बिलाल खान।
अमेरिकी टोली
सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन र रस्ती थोरन।
खेल तालिका
माघ २२ : नेपाल र ओमान
माघ २३ : ओमान र अमेरिका
माघ २५ : नेपाल र अमेरिका
माघ २६ : नेपाल र ओमान
माघ २८ : अमेरिका र ओमान
माघ २९ : नेपाल र अमेरिका ।