आइतबार, असोज २५, २०८३

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा घरमै बस्नुपर्ने हुनाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा घरमै बस्नुपर्ने हुनाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।

म्याचुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख म्याचुरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा म्याचुरिटी को समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको म्याचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टिमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

प्रकाशित: Mar 30, 2020| 14:46 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्