बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अत्यावश्यक सामान खरिदका लागि कर्जा पाँच दिनमै, ब्याज असार मसान्तसम्म तिर्दा हुने

अत्यावश्यक सामान खरिदका लागि कर्जा पाँच दिनमै, ब्याज असार मसान्तसम्म तिर्दा हुने

राष्ट्र बैंकले ऋणको व्याज तिर्ने समय असार मसान्तसम्म सारेको छ ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौ– राष्ट्र बैंकले ऋणको व्याज तिर्ने समय असार मसान्तसम्म सारेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले अब साँवा र ब्याज असार मसान्तसम्म तिर्दा कुनै हर्जाना लाग्ने छैन। केन्द्रीय बैंकले यसअघि चैत मसान्तसम्मको समयलाई एक महिना बढाएको थियो।

आइतबार राष्ट्र बैंकले अत्यावश्यक सामग्री (खाद्यन्न, औषधी र औषधीजन्य सामामग्री) को आयातका लागि पाँच दिनमा नै कर्जा प्रबाह गर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

त्यसैगरी विद्युतीय कारोबार गर्दा असार मसान्तसम्म कुनै शुल्क लिन नपाइने, बैंक जमानतमा शुल्क छुट दिनुपर्ने, कोरोना भाइरस विरुद्ध खडा गरेको कोषमा दिएको रकम सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य रुपमा खर्च गनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको नाममा राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार निजी स्वास्थ संस्थाले कोभिड –१९ को उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार गर्नका लागि लिएको ऋण प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गत राख्न सकिन्छ ।

निर्देशनमा भनिएको छ, ‘यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सुविधा कोभिड– १९ बाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिइने छ। यस्तो पुनरकर्जा सुविधा चालु पुँजी कर्जाको लागिसमेत प्रदान गरिनेछ।’

त्यस्तै विदेश जाने अनुमति लिएर जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहुलियतपुर्ण कर्जा लिइ उद्योग व्यवासय सन्चालन गर्न चाहेमा निवेदन दिएको सात दिनभित्र नै ऋण उपलव्ध गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको नाममा निर्देशन दिएको छ ।

प्रकाशित: Mar 29, 2020| 19:34 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्