बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंककोे डिजिटल सेवामार्फत् मेरो किरानाबाट छ।सामान किन्दा १० प्रतिशत रकम फिर्ता

एनआईसी एशिया बैंककोे डिजिटल सेवामार्फत् मेरो किरानाबाट छ।सामान किन्दा १० प्रतिशत रकम फिर्ता

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।
 |  शनिबार, चैत १५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

एनआईसी एशिया बैंकका ग्राहकलाई मेरो किराना अनलाईनबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका खाद्य सामग्री पाइने यस ई कमर्स साइटमा साझेदारी बमोजिम बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त सुविधा पाउनेछन्। मेरो किरानाबाट अनलाईन सामान खरिद गरी रकम भुक्तानी गर्दा १० प्रतिशत वा प्रति कारोबार ५०० रुपैयाँसम्म र बढीमा एक हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सकिनेछ। यो योजना चैत मसान्तसम्म लागु हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन गर्न यस्तो सुविधा ल्याइएको हो ।

प्रकाशित: Mar 28, 2020| 13:29 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्