बिहीबार, भदौ ४, २०८३

बीमा शुल्क नउठाउन बीमा समितिको निर्देशन

बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा शुल्क नउठाउने भएका छन्।
 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं– बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा शुल्क नउठाउने भएका छन्।

बीमा समितिले बिहीबार एक निर्देशन जारी गर्दै चैत मसान्तसम्म बीमाशुल्क संकलन कार्य स्थगित गर्न भनेपछि कम्पनीहरुले बीमा शुल्क नउठाउने भएका हुन् ।

विश्वभर फैलिरहेको कोरोना भाइसर (कोभिड १९) का कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न आग्रह गर्दै समितिले बीमा शुल्क संकलन कार्य चैत्र मसान्तसम्म स्थगन गरी परिस्थिति सामान्य भए पछि बिना ब्याज संकलन गर्ने व्यवस्था मिलाउन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विधुतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितले विद्युतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ट प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशीघ्र दावी भुक्तानी गर्न पनि समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले भनेको छ, ‘कम्पनीले दिने सेवाहरु सन्चारमाध्यम लगायतका सामाजिक सन्जालमार्फत जानकारी गराउने व्यवस्था गर्नु पर्नेछ।’

सर्भेयर र अभिकर्ता इजाजतपत्र नविकरण गर्नको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ म चैत्र मसान्तभित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको पनि बीमा समितिले जनाएको छ ।

प्रकाशित: Mar 26, 2020| 14:05 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्