बिहीबार, भदौ ४, २०८३

हिमालयन बैंकको सिईओमा अशोक राणाको निरन्तरता

 |  बिहीबार, चैत १३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १३, २०७६

काठमाडौं- हिमालय बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः अशोक शमशेर राणा नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आगामी कार्यकालको लागि पनि राणालाई निरन्तरता दिने निर्णय गरेको हो।

हिमालयन बैंकलाई सिईओको रुपमा राणाले १२ वर्षदेखि नेतृत्व गरिरहेका छन्।

बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब हिमालयन बैंकमा एक कार्यकाल सिईओको रुपमा काम गर्न पाउँछन् । उनको अर्को कार्यकाल आगामी बैशाखमा सुरु हुँदैछ ।

हिमालयनमा २० प्रतिशत हिस्सा र २७ वर्षे सहयात्रा तोडेर पाकिस्तानको हविव बैंक बिदा हुँदैछ । उसको ठाउँमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सीडीसी) आउने भएको छ ।

प्रकाशित: Mar 26, 2020| 07:59 बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्