बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक आंशिक रूपमा खुल्ने, कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित

बैंक आंशिक रूपमा खुल्ने, कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित

 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

काठमाडौं– बैंक, बीमा, धितोपत्र, कम्पनी दर्ता, ऋण तथा परिचालनको सेवा आंशिक रुपमा सञ्चालन गर्न सकिने भएको छ।

बुधवार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले निश्चित क्षेत्र र शाखाबाट वित्तीय सेवा प्रवाह गर्न सकिने निर्णय गरेको हो।

सेवा सञ्चालन हुने शाखाको बारेमा सञ्चार माध्यममार्फत् सर्वसाधारणलाई जानकारी गराउन पनि बैठकले आग्रह गरेको छ।

त्यस्तै, बैठकले कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगित गर्न पनि सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको वर्गिकरण तथा व्यवस्था गर्ने कार्य हाललाई स्थगित गर्न नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउने तयारी गरेको छ।

कोभिड–१९ फैलिन नदिन बैंकबाट वितरण गरिने नोटलाई संक्रमण रहित (डिसइन्फेक्सन) गर्नुपर्नेछ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई प्रदान गर्ने पुनर्कर्जा कोषको उपभोग गरी तरलता अभाव हुन नदिन पनि बैठकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

 

प्रकाशित: Mar 25, 2020| 15:59 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्