बिहीबार, भदौ ४, २०८३

एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर यथावत्

 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् ।

तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत् सञ्चालन हुनेछन् ।

प्रकाशित: Mar 23, 2020| 11:15 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्