बिहीबार, भदौ ४, २०८३

व्यापारघाटा ४.३४ प्रतिशतले कम

चालु आर्थिक वर्षको आठ महिनामा व्यापारघाटा ४.३४ प्रतिशतले कम भएको छ।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा व्यापारघाटा ४.३४ प्रतिशतले कम भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा व्यापारघाटा ८ खर्ब ४९ अर्ब छ। गत वर्षको सोही अवधिमा व्यापारघाटा ८ खर्ब ८७ अर्ब रुपैयाँ थियो।

देशको कुल आयात २.६२ प्रतिशतले घटेर ९ खर्ब ४२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा आयात ९ खर्ब ४९ अर्ब १० करोड थियो।

भन्सार विभागका अनुसार निर्यात भने २२.३५ प्रतिशतले बढेर ७४ अर्ब ९० करोड पुगेको छ। गत वर्षको सोही अवधिमा निर्यात ६१ अर्ब २२ करोड रुपैयाँ मात्र भएको थियो।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब १४ अर्ब रुपैयाँ छ। त्यस्तै यसअवधिमा चीनसँगको व्यापार घाटा १ खर्ब ४५ अर्ब रुपैयाँ छ।

प्रकाशित: Mar 23, 2020| 09:59 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्