बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कुनै पनि विद्युतीय कारोबारमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

कुनै पनि विद्युतीय कारोबारमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले नगदको सट्टा विद्युतीय कारोबार गर्न निर्देशन दिएको छ।
 |  आइतबार, चैत ९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत ९, २०७६

काठमाडौं- नेपाल राष्ट्र बैंकले नगदको सट्टा विद्युतीय कारोबार गर्न निर्देशन दिएको छ।

आइतबार राष्ट्र बैंकको भुक्तानी विभागले एक सूचना जारी गरी नगदको कारोबारमा कोरोना भाइरसको संक्रमण छिटो हुने भएकोले सुरक्षित र सहजताका लागि सहज माध्यम विद्युतीय कारोबार गर्न आग्रह गरेको हो।

साथै राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्दा कुनै पनि शुल्क नलिन पनि बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी प्रदायक संस्थालाई निर्देशन दिएको छ।

त्यस्तै आइतबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) मा समेत शुल्क नलाग्ने राष्ट्र बैंकले जनाएको छ।

आरटिजीएस प्रणालीको प्रयोग गरी घरबाट नै कारोबार गर्न सकिने भएकोले अहिलेको समयमा यस प्रणाली एकदमै उपयोगी हुने केन्द्रीय बैंकले अपेक्षा गरेको छ।

प्रकाशित: Mar 22, 2020| 12:37 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्